Logo

शेयर बजारमा आज सामान्य अंकको बृद्धि



काठमाडौं, १७ कात्तिक । आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । साताको चौथो दिन आज नेप्से ५ दशमलव २२ अंकले बढेर २८ सय ४८ दशमलव ८४ को विन्दु कायम भएको हो । त्यस्तै, सेन्स्ेटिभ इन्डेक्स पनि आज ० दशमलव ५२ अंकले बढेर ५३० दशमलव ८९ उच्च विन्दुमा रोकिएको हो ।

आज दिनभरिमा २२९ वटा कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको १ अर्ब १७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्