Logo

काग तिहारको अवसरमा कलाकार दुलालले गरे १८औं काग सम्मेलन



काठमाडौं , कातिक १७ । बिगत डेढ दशकयता काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका बहुप्रतिभासाली कलाकार रमेश दुलाल ‘कागे’ले यसबर्ष पनि १८ औं काग सम्मेलन गरेका छन् ।

काठमाडौंको रत्नपार्कको शान्तिबाटिकामा बिहान ६ बजेदेखि ७ बजेसम्म भएको कार्यक्रममा २ सय बढी कागलाई दुलालले बोलाएका थिए ।

काग सम्मेलनमा दुलालले कागको स्वर निकालेपछि २ सय भन्दा बढी कागहरु जम्मा भएका थिए । ‘कागे’ उपनाम पाएका दुलालले हरेक वर्ष काग तिहारको अवसर पारेर काग सम्मेलन आयोजना गर्दै आएका छन् ।

दुलालले कागबाहेक मुखैले मादल, सनाई, सारंगी, पियानो, ड्रमसेटलगायतका बाजा तथा विभिन्न अन्य चराहरुको पनि आवाज निकाल्ने गर्दछन् । दुलालले विगत १४ वर्षदेखि तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका छन्।

दुलालले केही वर्षअघि नेपालमा भारतले लगाएको नाकाबन्दीमा पनि त्यसको बिरुद्ध कागलाई जम्मा गरी भारतीय दुावास घेराऊ गरेका थिए । तिहारको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइन्छ । कागलाई सूचना संवाहकको स्मरण गर्दै काग तिहारको दिन मिठा कानेकुरा खुवाउने गरिन्छ । कागलाई यमदूतको रुपमा पनि लिने शाष्त्रीय मान्यता रहि आएको छ ।

यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ। कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ।



प्रतिक्रिया दिनुहोस्