Logo

माधव नेपालविनाको एमाले हुन्न, केपी ओली प्राइभेट लिमिटेडः गगन थापा



काठमाडौं, १७ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले माधवकुमार नेपालविनाको एमाले हुनै नसक्ने टिप्पणी गरेका छन् । उनले अहिलेको एमालेलाई केपी ओलीको भजनमण्डलीको संज्ञा दिए ।

‘माधव नेपालविनाको एमाले हुन्न,’ आज काँग्रेस महालक्ष्मी नगरपालिकाले आयोजना गरेको दिपावलीको शुभकामना आदानप्रदानमा बोल्दै भने,‘केपी ओली प्राइभेट लिमिटेड हो ।’

अहिलेको एमालेमा ओलीको भजन गाउनेहरु मात्र भएको टिप्पणी गरे । भीम रावल र घनश्याम भुसालबाहेक कसैले ओलीको गलत प्रवृत्तिको विरोध गर्न नसक्ने बताए । उनले भने,‘भीम रावल र घनश्याम भुसालबाहेक केपी ओलीको भजन गाउनेहरु मात्र बाँकी छन् ।’

थापाले अर्को मंसिरमा मात्र प्रतिनिधि सभा र प्रदेशको निर्वाचन बताए । अर्ली इलेक्शन चाहेर पनि हुन नसक्ने उनको भनाई थियो । ‘हामीले चाहँदैमा अर्ली इलेक्शन हुँदैन, संविधानले दिदैन,’ थापाले भने,‘जेठसम्ममा स्थानीय चुनाव र मंसिरमा संसदको चुनाव हुन्छ ।’

आगामी चुनावमा काँग्रेस विजयी हुने बताए । काँग्रेस चुनाव जितेर पाँच वर्ष सरकार चलाउने संकल्पमा बढेको समेत बताए ।

उनले नेकपा एमालेको बारेमा चिन्ता गर्नुनपर्ने भन्दै विवेकशील जनताले चुनावमा देखाइदिने बताए । एमाले अध्यक्ष केपी शर्मा ओली जुवामा जुवाडेले सबै हारेको अवस्थामा पुगिसकेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्