Logo

भाले विना नै पोथीले चल्ला कोरलेपछि…



एजेन्सी, १७ कात्तिक । स्तनधारी जनावर र चरा जातिमा दुई जोडीबीच संसर्ग नभई प्रजनन असम्भव छ । भाले र पोथीको संसर्गबाट त्यस्ता जीवले सन्तान उत्पादन गर्न सक्छन् । तर, एउटा आश्चर्य लाग्ने घटना पत्ता लागेको छ जसमा पोथीले भाले विना नै अन्डाबाट चल्ला कोरलेको छ ।

क्यालिफोर्निया कन्डोर्स नामको चरा प्रजातिले भालेसँग संसर्ग विना नै चल्ला कोरलेको हो । सान डिएगो वाइल्डलाइफ एलाइन्समा वैज्ञानिकहरुले त्यस्तो तथ्य पत्ता लगाएका हुन् ।

दुईवटा अन्डाबाट बच्चा कोरलेको हो । भाले र पोथीबीच संसर्ग नभएको अवस्थामा अन्डा पारेको उक्त चराले चल्ला कोरलेपछि अनुसन्धानकर्ता नै चकित परेका छन् ।
चराका दुवै चल्ला पोथीसँग सम्बन्धित रहेको र भालेसँग नरहेको तथ्य पत्ता लागेको छ ।

क्यालिफोर्निया कन्डोर दुर्लभ चरा हो । सन् १९८० को दशकमा लोप भइसकेको भनिएपनि पुनः देखापरेको थियो ।



प्रतिक्रिया दिनुहोस्