Logo

मन्त्री झाँक्री डिस्चार्ज, अझै केही दिन भेटघाट नगर्ने



काठमाडौं, १७ कार्तिक । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालबाट डिस्चार्ज भएकी छिन् । निमोनिया संक्रमण भई उनी एक साता वीर अस्पतालमा बसेर स्वास्थ्यलाभ गरेकी थिईन् ।

उनले आफ्नो उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारीलगायत सबैमा आभार प्रकट गरेकी छिन् ।

अझै आफूलाई संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको कुरा पनि उनले अनुरोध गरेकी छिन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले लेखेकी छिन्-छातीमा निमोनिया संक्रमण भई एक हप्ताको वीर अस्पतालको बसाई पश्चात आज डिस्चार्ज भएको छु।वीर अस्पतालमा रहँदा मेरो उपचारमा संग्लग्न चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, मेरा सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारी मित्रहरू, लगायत स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण आफन्तजन एवम् साथीभाईहरुप्रति हार्दिक आभार प्रकट गर्दछु।मलाई संक्रमणको उच्च जोखिम कायम रहेकोहुँदा चिकित्सकको सल्लाह अनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको कुरा अनुरोध गर्दछु ।” file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot