Logo

चीनका पूर्वउपप्रधानमन्त्री गाओलीले टेनिस स्टारलाई सेक्स प्रस्ताव राखेको खुलासा



एजेन्सी, १८ कात्तिक । चीनका पूर्व उपप्रधानमन्त्री झाङ गाओली राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिन्थे । सन् २०१३ देखि २०१८ सम्म उपप्रधानमन्त्री बनेका गाओली कम्युनिस्ट पार्टीबाट सन्यासमा छन् । ७५ वर्षीय गाओली राजनीतिबाट सन्यासमा बस्दा विवादमा तानिएका छन् ।

गाओलीमाथि चिनियाँ टेनिस स्टार पेङ सुईले सेक्स प्रस्ताव राखेको र र्दुव्यवहार गरेको आरोप लगाएकी छिन् । चिनियाँ सामाजिक सञ्जाल विबोमा उनले सनसनीपूर्ण खुलासा गरेकी हुन् ।

विबोमा सुईले गरेको पोष्टमा गाओलीले यौन सम्बन्ध राख्न दबाब दिएको उल्लेख गरेकी छिन् । पोष्ट भाइरल भएपछि विबोले सुईलाई खोज्न नसकिने बनाइदिएको छ ।

टेनिसमा डबलतर्फ विश्व नम्बर एक बनिसकेकी सुईले ७५ वर्षीय झाङले उपप्रधानमन्त्री हुँदा यौन र्दुव्यवहार गरेको आरोप लगाएकी छिन् । झाङले सुईलाई आफू कायर नभएको जवाफ दिने गरेको खुलासा गरेकी छिन् ।

३५ वर्षीया सुईले झाङ आफ्नो घरमा टेनिस खेल्नका लागि भन्दै आएको र सेक्स प्रस्ताव राख्दा अस्वीकार गरेको खुलासा गरेकी छिन् । त्यपछि निकै रोएको लेखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्