Logo

जो बाइडेन नेपाल आईसकेका रहेछन्, मैले नेपाली टोपी लगाएर गएको हुनाले परैबाट चिनिहालेः देउवा



काठमाडौं, कार्तिक १८ । प्रधानमन्त्री शेरवहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनको नेपालप्रति उच्च सद्भाव पाएको बताएका छन् ।

कोप २६ मा भाग लिएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपतिसहित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको पनि नेपालप्रति राम्रो सद्भाव रहेको बताए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफूले नेपाल भ्रमणको निम्तो दिएको पनि बताए । जवाफमा मोदीले आफूलाई भारत भ्रमणको निम्ता दिएको देउवाले जनाएका छन्।

देउवाले आफूलाई अमेरिकी राष्ट्रपति बाइडेनले टाढैबाट चिनेर बोलाएको पनि जनाएका छन् । ‘जो बाइडेनसँग रिसेप्सनमा राम्रोसँग कुरा भयो । टोपी लगाएर गएको हुनाले उनले टाढैबाट मलाई चिनिहाले’ प्रधानमन्त्री देउवाले भने, ‘उनी नेपाल आएका रहेछन्, नेपालप्रति उनको राम्रो सद्भाव छ ।’



प्रतिक्रिया दिनुहोस्