Logo

रेडियो काठमाण्डुको पाँच वर्षमा दोब्बर क्षमता वृद्धि



काठमाडौं, १८ कात्तिक । लक्ष्मीपूजाको अवसर पारेर रेडियो काठमाण्डुले क्षमता दोब्बर बनाएको छ । ९२.१ मेगाहर्जको रेडियोले पाँच वर्षमा दोब्बर क्षमता वृद्धि गरी एक हजार वाट क्षमता बनाएको हो ।

१ वैशाख २०७३ बाट सुरु भएको रेडियो काठमाण्डु परिवर्तन सम्भव छ भन्ने नाराका साथ काठमाडौंको चावहिलबाट प्रसारण हुँदै आएको छ । रेडियो क्षमता वृद्धि सँगै अझ राम्रो सुनिने र विस्तार हुने रेडियोले जनाएको छ ।

रेडियो काठमाण्डुका अध्यक्ष युपी लामिछानेले हरेक दिन १८ घन्टा प्रसारण हुँदै आएकोमा २४ सै घन्टा प्रसारण गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् । रेडियो फेसबुकमा पेजमा पनि प्रत्यक्ष प्रसारण हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्