Logo

टाटा मोटर्सले राख्यो एक दशकमा सबैभन्दा धेरै पीभी बिक्रीको रेकर्ड



काठमाडौं, १८ कात्तिक । टाटा मोटर्सले ग्राहकको मन जित्दै एकपछि अर्को रेकर्ड कायम गर्दै आएको छ । टाटा मोटर्सले अक्टोबर २०२१ मा ३३, ९२६ युनिट्सको सञ्चयी घरेलु ट्यालीमा नया“ उपलब्धि हासिल गरेको हो ।

गत वर्ष यही अवधिमा २३,६०० युनिट्सको तुलनामा थ्भबच यल थ्भबच ९थ्यथ्० ४४ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो महिना अर्थात् सेप्टेम्बर २०२१ को तुलनामा २५,७२७ युनिट्ससहित ब्रान्डले भारतमा ३२ प्रतिशत वृद्धि सह्यो ।
ब्रान्डका लागि प्रायः कम्पनीहरूले आफ्नो मिहिनेत खर्च गरेको हुन्छ नै । तर, सबै मिहिनेत सफल हु“दैनन् । गतिलो उद्देश्य लिएर निरन्तर मिहिनेत जारी राखेमा सफलता हात लाग्छ भन्ने पछिल्लो उदाहरण हो, यो ।

एक दशकभन्दा बढी समय ब्रान्डका लागि कामका गरिरह“दा २०२० को यही अवधिमा सबैभन्दा धेरै ७.४ प्रतिशत हासिल गरेको थियो । त्यसमा पनि अहिले ६.४ प्रतिशतको वृद्धि थपेर घरेलु निर्माताले अघिल्लो महिना १३.७ प्रतिशत बजार हिस्सेदारी दर्ज ग¥यो । यो टाटाका लागि महŒवपूर्ण आ“कडा हो । भारतीय अटोमोटिभ उद्योगमा आएको समस्याका बावजुद पनि टाटाले आजको दिनमा लगातार ३ अंकको बिक्री–वृद्धि दर्ज गरिरहनु चानचुने उपलब्धि होइन । अघिल्लो महिना सबै कार निर्माताहरूको बीच ६.४ प्रतिशतको बजार हिस्सेदारी वृद्धि गर्दै मारुती, सुजुकी र हुन्डाईपछि समग्र बिक्री तालिकामा तेस्रो स्थानमा रह्यो, टाटा । र, महिन्द्रा, किआ, टोयोटा, रेनाल्ट र होन्डालाई उछिन्यो । टाटाले दोस्रो स्थानमा रहेको हुन्डाईस“गको अन्तरलाई पनि कम गरेको दाबी गरेको छ । जम्मा ३ हजार ९५ युनिट्सको मात्रै फरक देखिएको छ ।

टाटाले केही हप्तापहिले बजेट–मैत्री पन्च माइक्रो एसयुभी ल्याएको छ र यसले मासिक बिक्री–चार्टमा लामो समयसम्म दोस्रो स्थानमा रहेको हुन्डाईस“गको बिक्री अन्तरलाई घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । पन्च कम्पनीको एसयुभी पोर्टफोलियोमा नेक्सन कम्प्याक्ट एसयुभीको मुनि छ । अनि, प्रतिस्पर्धीका रूपमा पनि बेस भेरियन्ट (एक्स–शोरुम) का लागि भारतीय बजारमा यसको मोल ५.४९ भारतीय रुपैया“ आउ“ने जनाएको छ ।

अहिले सुरक्षा रेटिङमा फाइभ–स्टार ग्लोबल एनक्याप प्राप्त सबैभन्दा किफायतीे कार हो–पन्च । यो १.२ लिटर थ्री–सिलिन्डर रेभोट्रोन इन्जिनद्वारा सञ्चालित छ, जसले ८६ पीएस म्याक्सिमम पावर र ११३ एनएम पीक टर्क दिन्छ । साथै यसमा स्ट्यान्डर्डका रूपमा फाइभ स्पीड म्यानुअल ट्रान्समिसन र विकल्पका रूपमा फाइभ स्पीड एमटी पनि छ ।

अल्ट्रोज, नेक्सन र टियागोले पनि आजका दिनमा ब्रान्डका लागि लगातार बिक्रीे बढाउ“दै नया“ रेकर्ड कायम गर्दै छ । यस वर्षको सुरुआतमा टाटाले थ्री–रो सफारी लन्च ग¥यो, जसमा डार्क एडिसनका कारण लाइनअपमा चमक थपिएको पनि छ । नेक्सन–ईभी आज भारतमा सबैभन्दा अधिक बिक्री हुने त्यस्तो प्यासेन्जर–कार हो, जसले शून्य उत्सर्जन गर्छ । र, अपडेटेड टिगोर ईभीले हालसालै जिप्ट्रोन प्रविधिलाई आत्मसाथ गरेको छ । यस्तै नया“–नया“ रेकर्ड र सुविधाका कारण टाटाले आफ्नो लोकप्रियतालाई अझै बढाइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्