Logo

मेस्सी विनाको पीएसजी बराबरीमा रोकियो



काठमाडौं, १८ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आरबी आइपेजिगसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको समूह ‘ए’को खेलमा पीएसजी आरबी आइपेजिगसँग २–२ गोलको बराबरीमा राकिएको हो ।

लिभरपुलका पूर्व मिडफिल्डर जर्जिनियो विजनाल्डमले दुई गोल गर्दै पीएसजीलाई जित नजिक पुर्याएका थिए । तर, इन्जुरी समयमा गोल फर्काउँदै जर्मन क्लब लाइपेजिगले फ्रान्सेली क्लबसँग अंक खोस्न सफल रह्यो ।
लाइपेजिगको घरेलु मैदानमा भएको खेलमा ८औं मिनेटमा क्रिस्टोफर नन्कुकुले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

पीएसजीका जर्जिनियो विजनाल्डमले खेलको २१औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । यस्तै, खेलको ३९औं मिनेटमा पीएसजीका विजनाल्डमले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–१ का अवस्थामा पुर्याएका थिए ।

तर, इन्जुरी समयमा लाइपेजिगका डोमिनिक जोबोस्ज्लेले गोल गर्दै टोलीलाई हारबाट बचाएका थिए । फरवार्ड लियोनल मेस्सी बिनै मैदान उत्रिएको पीएसजी यस बराबरीसँगै समूह ‘ए’को दोस्रो स्थानमा झरेको छ ।
यस्तै, लाइपेजिगले चार खेलमा पहिलो अंक जोड्न सफल भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्