Logo

१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै सिटिजन्स बैंकको साधारण सभा सम्पन्न



काठमाडौं, १८ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनलले साधारण सभा सम्पन्न गरेको छ । बैंकले पन्ध्रौं वार्षिक सभा कोभिड–१९लाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट सम्पन्न गरेको हो ।

बैंकको सभाले आर्थिक बर्ष २०७७/०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ।
बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको ल्ँच्क् बमोजिम तयार गरिएको वासलात, आर्थिक बर्ष २०७७/०७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।

यसको साथै सभाले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पछि बैककोे चुँत्ता पुजी १४ अर्ब २० करोड पुग्ने बैंकले जनाएको छ।

सभामा सर्वसाधारणको तर्फबाट प्रकाश चन्द्र मैनाली र विजय ध्वज कार्की संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्