Logo

मड्रिडमाथि लिभरपुलको जित



काठमाडौं, १८ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एट्लेटिको मड्रिडमाथि जित हात पारेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले एट्लेटिको मड्रिडलाई २–० ले गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा जोटा र मानेले एक–एक गोल गरे ।

खेलको १३औं मिनेटमा डिएगो जोटाले लिभरपुललाई सुरुवाति अग्रता दिलाएका थिए । त्यस्तै २१औं मिनेटमा मानेले लिभरपुलका लागि दोस्रो गोल गरेका थिए । खेलको ३६औं मिनेटमा फिलिपले रातो कार्ड खाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

लिभरपुल यस जितसँगै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ ।  समूह ‘बी’मा रहेको लिभरपुल ४ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । यस्तै, तेस्रो स्थानको एट्लेटिको मड्रिडको ४ अंक रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्