Logo

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बंगलादेश प्रस्थान



काठमाडौं, १८ कात्तिक । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विश्व कप छनोटको तयारीका लागि बंगलादेश प्रस्थान गरेको छ । महिला टोलीले नोभेम्बर ४ देखि ११ सम्म बंगलादेशमा अभ्यास खेल खेल्ने बताइएको छ ।
नेपाली टोलीमा १८ जना खेलाडी रहेका छन् । साथै, प्रशिक्षक जगत टमाटा र व्यवस्थापक जयन्ती भट्टसमेत टोलीमा रहेका छन् ।

टोलीमा कप्तान रुविना क्षेत्री, डली भट्ट, सीता राना मगर, इन्दु बर्मा, करुणा भण्डारी,ज्योती पाण्डे, सरिता मगर,सरस्वती चौधरी,काजल श्रेष्ठ,सवनम राई, कविता कुँवर, अप्सरी बेगम,कविता जोशी,संगिता राई,सरस्वती जिएम, रोमा थापा, अस्मिता कर्मचार्य र ममता चौधरी रहेका छन् ।

टोलीले विश्व कप छनोटको तयारीस्वरुप बंगलादेशसँग ४ वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ । नेपालले नोभेम्बर १९ देखि २९ सम्म युएईमा सञ्चालन हुने महिला विश्वकप छनोटको खेल खेल्ने छ ।-Photo Source: CAN



प्रतिक्रिया दिनुहोस्