Logo

पति र छोरी आराध्यासँग एयरपोर्टमा ऐश्वर्या, अभिषेक किन भए ट्रोल ?



एजेन्सी, १८ कात्तिक । बलिउड अभिनेत्री ऐश्वर्या रायको एक्टिङले मात्र नभई सुन्दरताको कारण चर्चा हुने गर्छ । ऐश्वर्या राय आजभोली फिल्ममा धेरै व्यस्त नभएपनि सामाजिक सञ्जालमा भने तस्विरहरु शेयर गर्दै आएकी छिन् ।

ऐश्वर्या पति अभिषेक र छोरी आराध्या बच्चनसँग एयरपोर्टमा रहेको एउटा भिडियो बाहिरीएको छ । जुन भिडियो बुधबार रातिको हो । भिडियो हेरेर उनीहरु दिवाली मनाउन आफ्नो घर फर्किरहेको अनुमान लागउन सकिन्छ । भिडियोमा उनले मल्टी टैक्चरको श्रग लगाएकी छिन् । छोरी आराध्या पिंक कलरको स्वैटरमा देखिएकी छिन् । अभिषेकले पनि पिंक आउटफिटमा देखिएका छन् । उनको हातमा चोट लागेको देखिएको छ । चोट देखिएकै कारण अभिषेक सामाजिक सञ्जालमा ट्रोल भईरहेका छन् ।

ऐश्वर्या राय अब छिट्टै तमिल फिल्म ‘पोन्नियिन सेल्वान’ मा देखिनेछिन् । अब उनी चाडैनै अनुराग कश्यपको गुलाब जामुनमा पनि देखिने भएकी छिन् । ऐश्वर्या राय पछिल्लो पटक फिल्म ‘फन्ने खान’ मा देखिएकी थिइन् । यस फिल्ममा उनको साथमा राजकुमार राव र अनिल कपूर मुख्य भूमिकामा थिए ।

 



प्रतिक्रिया दिनुहोस्