Logo

संसारकै पहिलो ‘उड्ने संग्राहलय’ साउदी अरबमा



एजेन्सी, १८ कात्तिक। साउदी अरब सरकारले संसारकै पहिलो उड्ने संग्रालय (फ्लाइङ म्युजियम) उद्घाटन गर्ने भएको छ। सरकारले साउदीको प्राचीन सहर अलउलास्थित बिहीबार सो संग्राहलयको उद्घाटन गर्न लागेको हो।

संग्राहलयको यात्रा हवाइजहाजबाट गर्न मिल्ने बताइएको छ। भ्रमणमा निस्केका यात्रुहरुले प्राचीन अरबियन कला संग्राहलय हेर्न पाउने छन्। पुरातात्विक उत्खननबाट भेटिएका प्राचीन कला एवम् वस्तुहरु सो संग्राहलयमा हेर्न पाइने अरब न्यूजमा खबर छ।

हवाइजहाजमा सवार यात्रुहरुले ‘आर्किटेक्ट अफ एन्सेन्ट अरेबिया’ नामक वृत्तचित्र अवलोकन गर्न पाउने बताइएको छ।

सो संग्राहलय रोयल कमिसन र साउदीको संयुक्त सहकार्यमा बनेको हो। उड्ने संग्राहलयको यात्रा साउदी अरेबियाको राजधानी आबुजादेखि प्राचीन सहर आलउलासम्म गर्न पाइने बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्