Logo

वैदेशिक रोजगार कार्यालयका सुब्बा र विचौलिया अख्तियारको नियन्त्रणमा



काठमाडौं, १८ कात्तिक । वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौंका नायब सुब्बा दुर्गा प्रसाद पोखरेललाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

पोखरेलले सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने विचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गराई रकम माग गरेको उजुरीको आधारमा नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पोखरेल र विचौलीया खेम प्रसाद काफ्लेलाई सेवाग्राहीसँग २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सोल्टीमोड स्थित रेडक्रस मार्गको सडक किनाराबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्