Logo

प्रचण्डले भने–जनतालाई फेरि पनि आन्दोलित बनाईराख्ने कुरा महत्वपूर्ण छ (भिडिओसहित)



काठमाडौं, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुले अग्रगामी मुद्दालाई कुनैपनि हालतमा शिथिल हुन दिन नहुने धारणा राखेका छन् । नेपाल संवत् ११४२ तथा नेपाली चाडपर्वको उपलक्ष्यमा नेवा: मुक्ति मोर्चा केन्द्रीय समितिद्वारा ललितपुरको महालक्ष्मीस्थानमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले समाजवादमा कसरी जाने भन्नेबारे दिमागमा चित्र क्लियर हुनुपर्नेमा जोड दिए । उनले आफ्नो पार्टी अरुजस्तो होइन भन्ने अब पुष्टि गर्नुपर्ने पनि सुनाए । उनले भने,‘हामी माओवादीहरु जिवितै हुँदा,जसले त्यत्रो जनयुद्ध, जनआन्दोलन, संविधानसभा, संविधान जारी गरेर गणतन्त्र ल्याउएको हो, अहिले सजिलै यसलाई उल्टाउनतिर लागे । फेरि हामीले एटा संकल्प गर्यौं, अब हामी प्रतिक्रान्तिविरुद्ध लड्नैपर्छ । जस्तोसुकै अप्ठ्यारो आएपनि लडाईँ त अगाडि बढाउनैपर्छ भनेर गयौं ।’

उनले आफूहरुले संकल्प गरेपछि देशभरिका कार्यकर्ताहरु आन्दोलनमा सरिक हुन तयार भएको कुरा पुष ५ गते संसद् विघटन गर्दा आन्दोलनमा उत्रिएको घट्नाले पुष्टि भएको जिकिर गरे । उनले जनतालाई फेरि पनि आन्दोलित बनाईराख्ने कुरा महत्वपूर्ण रहेको सुनाए । उनले भने,‘षड्यन्त्र हामीले पुरै जित्यौं भन्ने अवस्था अझैपनि छैन् । फेरि पनि षड्यन्त्र हुनसक्छ । जनतासँग हाम्रो सम्बन्ध सुदृढ हुनुपर्छ । सहिद, घाईते र अपाङ्गता भएका परिवारसँग जीवन्त सम्बन्ध हुनुपर्छ । पहिचानको मुद्दा हामीले छोडेको होईन् ।’



प्रतिक्रिया दिनुहोस्