Logo

काठमाडौंमा यसरी गरियो गाईको पूजा (फोटोफिचर)



काठमाडौं, १८ कार्तिक । आज यमपञ्चकअन्तर्गत लक्ष्मीपूजा। ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आजै कूल परम्पराअनुसार गाईको पूजा गर्ने प्रचलनसमेत छ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाईपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको बताइन्छ। कतिले आजै गाई पूजा गरेका छन् भने कतिपयले भोलि गाई पूजा गर्ने गरेका छन्। काठमाडौंमा आजै गाईको पूजा गरिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot