Logo

सैनिकहरूसँग दीपावली मनाउन मोदी कश्मीरमा



एजेन्सी, १८ कात्तिक। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्षपनि सैनिकहरूसँग मिलेर दीपावली मनाउने परम्परा कायम राखेका छन् । यस वर्षपनि उनी जम्मु कश्मीरको नौशेरामा सैनिकहरूसँग मिलेर दीपावली मनाएका हुन् ।

कर्तव्यपालनको सिलसिलामा ज्यान गुमाउने सैनिकहरूलाई श्रद्धाञ्जलि दिएपछि मोदीले सैनिकहरूको हौसला बढाउनका लागि सम्बोधन गरेका थिए । उनले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरु लेखेका छन्,, ‘सबैजना दिवाली परिवारसँग बिताउन चाहन्छन् । म पनि त्यसै गर्न चाहन्छु । त्यसैले म परिवारसँग दिवाली मनाउन आज यहाँ आइपुगेको छु ।’



प्रतिक्रिया दिनुहोस्