Logo

आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ



कास्की,१८ कात्तिक । आफ्नै बुबाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–७ घारिपाटन बस्ने ८५ वर्षीय जित बहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा ४८ वर्षीय अनिल परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अनिलले सोमबार बेलुकी सामान्य विवादको कारण कुटपिट गर्दा गम्भीर घाइते भएपछि पश्‍चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा जित बहादुरको मृत्यु भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot