Logo

ब्रम्हकुमारी राजयोग उपकेन्द्र, गोंगबुमा पनि देउसी-भैलो खेलियो, धमलाले गरे उद्घाटन (फोटोफिचर)



काठमाडौं, १८ कार्तिक । काठमाडौंको गोंगबुस्थित् ब्रम्हकुमारी राजयोग उपकेन्द्रमा देउसी भैलो २०७८ आयोजना गरिएको छ । उक्त देउसी भैलो कार्यक्रमको उद्घाटन भने रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले गरेका थिए । धमला उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा सरिक थिए ।

कार्यक्रममा योग केन्द्रकी अध्यक्ष माता रिताले पनि आफ्नो भनाई राखेकी थिईन् । पत्रकार धमलाले संक्षिप्त सम्बोधन गर्दै योग, ध्यानले मानिसको जीवनमा सकारात्मक प्रभाव पार्ने बताएका थिए । जसले सकारात्मक सोच राख्छ उसले नै समाज परिवर्तन गर्न सक्ने उनको भनाई थियो । उनले भने,‘मनमा शान्ति भयो भने मानिसले जे पनि राम्रो काम गर्न सक्छ, त्यसैले सकारात्मक सोचौं । हामीले चाल्ने हरेक कदम सकारात्मक हुनुपर्छ ।’

धमलाले राजयोग केन्द्रले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए । त्यस्तै, उनले आफूले मिडियाको क्षेत्रबाट गर्नुपर्ने आवश्यक सहयोग पनि गर्ने विश्वास दिलाएका थिए । उनले सबैले अब देश र जनताको लागि मिलेर काम गर्नुपर्ने पनि धारणा राखेका थिए ।

धमलाले पूरै विश्व जगतबाटै हत्या, हिंसा हटाउनुपर्ने पनि धारणा राखे । उनले विश्व नागरिकमा सुख, समृद्धि हुनुपर्ने भनाई राखेका थिए । कार्यक्रममा उपस्थित् व्यक्तित्वहरुले ब्रम्हकुमारी राजयोग केन्द्रको भूमिकाको बारेमा प्रशंसा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्