Logo

नेपाल सम्वत् ११४२ को उपलक्ष्यमा मैनबत्ती र्याली



काठमाडौँ, १८ कात्तिक: नव वर्ष नेपाल सम्वत् ११४२ प्रारम्भ हुने खुशियालीमा हिजो साँझ मैनबत्ती ¥याली निकालियो । नेपाल सम्वत् र यसका प्रवर्तक शङ्खधर साख्वाःसँग जोडिएको वडा नं १५ स्थित ऐतिहासिक स्थल लखुतीर्थबाट उक्त ¥याली निकालिएको हो । ¥यालीको प्रमुख अतिथि सांसद जीवनराम श्रेष्ठ हुनुहुन्थ्यो ।

बा¥ह वटा सांस्कृतिक र भाषिक सङ्घसंस्थाहरुको संयुक्त आयोजनामा निकालिएको उक्त ¥यालीले भित्री शहरका विभिन्न भागहरुको परिक्रमा गरेको थियो । भोलि नव वर्ष नेपाल सम्वत् ११४२ प्रारम्भको पहिलो दिन सिन्हं स्वां खलःले काठमाडौँको वसन्तपुरबाट मोटरसाइकल ¥याली निकाल्दैछ । उक्त ¥यालीले काठमाडौँ, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न भागहरुको परिक्रमा गरी शुभकामना बाँड्नेछ ।

आयोजक संस्था सिन्हं स्वां खलःका अनुसार साँझ वसन्तपुरमै सामूहिक म्ह पूजा (शरीर पूजा)को आयोजना गरिने छ । यस पूजामा संयुक्त राज्य अमेरिका र जर्मनीका राजदूतहरु सहभागी हुने बताइएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्