Logo

फाईजरको ६० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडी बढिरहेको छः स्वास्थ्य मन्त्रालय



काठमाडौं, १८ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अनलाइन र पत्रपत्रिकामा प्रकाशित फाईजर खोप खरिद सम्बन्धि समाचार प्रति गम्भिर ध्यानाकर्षण गराएको छ ।

विश्व बैंकको ऋण सहयोगमा फाईजरको ६० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडी बढिरहेको बिहीबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले जानकारी दिएको हो ।

खोप सम्बन्धि फाइल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने तयारीमा रहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मन्त्रालयले विभिन्न समाचार माध्यममा लेखिएको जस्तो मन्त्रीपरिषदमा रोकिएको कुरामा सत्यता नभएको भन्दै सत्यतथ्य नबुझि अपुर्ण र भ्रमपुर्ण समाचार प्रकाशन नर्गन पनि सरोकार वाला निकायहरुलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्