Logo

राहुल गान्धीले लेखे शाहरुख खानलाई पत्र



एजेन्सी, १८ कात्तिक। बलिउड अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी खानको छोरा आर्यन खान लागुऔषध मामलामा अक्टोबर ३० मा अदालतबाट जमानत पाइसकेका छन् । यहीबीचमा काँग्रेस नेता राहुल गान्धीले गत महिना अक्टोबर १४ मा शाहरुख र गौरीलाई एक पत्र लेखेको खुलेको जनाइएको छ । उनले पत्रमा आर्यनको लागुऔषध मामलामा नाम आएपछि आफू चिन्तित भएको उल्लेख गरेका थिए ।

पत्रमा राहुलले शाहरुख र गौरीले भोगेको पीडालाई आफूले महशुस गर्ने उल्लेख गरेका थिए । उनले कसैको पनि सन्तान यस किसिमको पीडालाई स्वीकार्न नसक्ने जनाएका थिए । राहुलले आफूले शाहरुखलाई आम मानिसका लागि राम्रो काम गरेको देखेको लेखेका थिए । पत्रमा शाहरुखका लागि फ्यानले गरेको प्रार्थना र शाहरुखको सकारात्मक कामले आर्यन छिट्टै रिहा हुनेमा आफू आशावादी रहेको जनाएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्