Logo

डा. प्रकाशचन्द्र लोहनीको आरोप : नेपालका नेताहरु यति करप्ट भएर गए कि उनीहरुले न्यायालयलाई पनि करप्ट गराए (भिडिओसहित)



काठमाडौं, १८ कार्तिक । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्छ वा पर्दैन भन्दापनि यस्तो अवस्था किन आयो ? भनेर गम्भीर समिक्षा हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भने,‘पहिलो कुरा त यो स्थितिमा देश पुग्नु भनेको नै बडो दर्दनाक अवस्था हो । अहिले हेर्नुहुन्छ भने देशमा अदालत काम गर्न नसक्ने, निश्क्रिय भैसकेको छ, जसमा नेपाली जनताको विश्वास घट्दै गइरहेको छ । संसद्को अवस्था त्यस्तै छ, संसद् सुरु हुन्छ तर चल्दैन् । ९० दिनसम्म सरकार नै गठन भएन । सबै संवैधानिक अंगहरु काम गर्न नसक्ने अवस्थामा कमजोर भएका छन् । अहिलेका प्रधानन्यायाधीशको यत्रो काण्ड भैरहेको छ, उनको विरुद्धमा यत्रो आवाज उठिरहेको छ, कोही मैले समर्थनमा देखेको छैन् । त्यति हुँदाहुँदै पनि आरोपको कुरा हेरौं, अदालतमा सेटिङ भयो, अदालतमा प्रधानन्यायाधीशले ईमानदारितापूर्वक काम गरेनन, बेईमानी गरे भन्ने छ । सेटिङ भनेको दुई वटा पक्ष हुन्छ, भागबण्डामा हिस्सा खोज्नु सेटिङ हो, घुस खाने कुरामा मिलोमतो सेटिङ हो । भागबण्डामा भाग लियो भन्ने प्रधानन्यायाधीशलाई आरोप छ । ओलीजीको टाईममा भागबण्डा भयो भन्ने कुरा आएको छ, ओलीजीमात्रै होईन देउवाजीको पालामा पनि भयो भन्ने छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिलेका नेताहरुले शक्ति पृथीकरणको सिद्धान्तलाई ध्वंस भएको उनको भनाई छ । नेपाल बारको गतिविधिलाई लिएर उनको गुनासो थियो । उनले नेपालका नेताहरु धेरै भ्रष्ट भएको र उनीहरुले न्यायलयलाई पनि भ्रष्ट बनाएको आरोप लगाए । उनले भने,‘नेपालका पोलिटिसियनहरु यति करप्ट भएर गए, उनीहरुले न्यायलयलाई पनि करम्प गराए, र न्यायालय पनि करप्ट भयो ।’



प्रतिक्रिया दिनुहोस्