Logo

पेन्टागनले भन्यो- २०३० सम्ममा चीनले एक हजार बढी परमाणु हतियार बनाउन सक्छ



सन् २०२७ सम्म चीनले ७०० र सन् २०३० सम्ममा एक हजार बढी परमाणु हतियार बनाउन सक्ने प्रक्षेपण सहितको रिपोर्ट अमेरिकी रक्षा मन्त्रालयको मुख्यालयले सार्वजनिक गरेको छ । पेन्टागनले बुधवार सार्वजनिक गरेको एक रिपोर्टले उक्त विषय पुष्टि गरेको हो । यद्यपि, चीनसँग अहिले कति परमाणु हतियार छन्, भन्ने कुरा रिपोर्टले उल्लेख गरेका छैन ।

अमेरिकाले भने आफ्नो परमाणु हतियार सङ्ख्या बढाएको छैन । जो बाइडेन प्रशासनले अहिले परमाणु नीतिमाथि व्यापक समीक्षा गरिरहेको छ । यद्यपि, चिनियाँ प्रभुत्वका बिच नीतिमा कस्तो फेरबदल हुनसक्छ भन्ने कुरा विषयमा केही भनिएको छैन । पछिल्लो समय ताइवान कब्जा गर्ने विषयमा झनै एकत्रित भई हेका बेला चीनले आणविक हतियार एवं अन्य सैन्य उपकरणहरूको विकासलाई गति दिइरहेको छ । यद्यपि, यो सबै विषय अमेरिकी अधिकारीहरूको निगरानीमा रहेको देखिन्छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम