Logo

प्रधानन्यायाधीश जबराको राजीनामाले मात्रै समस्याको समाधान हुँदैन्, बारको आन्दोलन बायस छ : डा. भण्डारी (भिडिओसहित)



काठमाडौं, १८ कार्तिक । बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले अहिलेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएरमात्रै समस्याको समाधान हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राजीनामा दिनुपर्ने माग गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘एक नम्बर प्रधानमन्त्रीको राजीनामा, दुई प्रधानन्यायाधीशको राजीनामा, यतिले मात्रै पुग्दैन तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा के हो भने सबै न्यायाधीशहरुको सम्पत्तिको छानबिन र उहाँहरुले गरेको निर्णयको पूनर्मूल्यांकन गरिनको लागि एउटा स्वतन्त्र, निश्पक्ष र शक्तिशाली आयोग बन्नुपर्छ, किनकी न्यायाधीशहरुमा सेटिङ छ, न्याय बेचिएको छ भन्ने कुरा हरिकृष्ण कार्कीको प्रतिवेदनले नै देखाईसकेको छ । न्यायाधीशहरुको जुन सम्पत्ति छ, उहाँहरुको तलब सुविधाले यो आर्थिक अवस्थामा बस्न सक्नुहुन्न, त्यसैले उहाँहरुले न्याय मार्नुभएको छ भन्ने कुरा प्रष्ट देखिन्छ । यसको छानबिन हुनुपर्छ । र दोषीमाथि कारबाही हुनुपर्छ । त्यसैले यो प्रश्न चोलेन्द्र शमशेरको मात्रै होईन, अरु १९ जना न्यायाधीशहरुको पनि हो । पहिलाका न्यायाधीशहरुको पनि हो । समग्रतामा अब टालटुले कुराले हुँदैन् ।’

उनले प्रधानन्यायाधीश जबराको राजीनामाले मात्रै अहिलेको समस्याको समाधान नहुने जिकिर गरे । र, यसले न्यायापालिका सुध्रिने सम्भावना नरहेको उनको भनाई छ । उनले नेपाल बार एशोसिएशनको आन्दोलन एकांकी र बायस रहेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्