Logo

एनसीसी बैंकका ग्राहकलाई दराजबाट अनलाइन सपिङ्ग गर्दा विशेष छुट



काठमाडौं, १८ कात्तिक । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले दराज अनलाइन सपिङसँग सम्झौता गरेको छ । बैंकले दराजसँग छुट सम्बन्धी सम्झौता गरेको हो । सम्झौतापछि एनसीसी बैंकका ग्राहकलाई दराजमा एक दिने भव्य सेल– ११.११ अभियानमा छुट प्रदान गर्ने जनाइएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको डेविट कार्ड प्रयोगर्कताहरुलाई दराजबाट अनलाइन सपिङ्ग गरी भुक्तानी गर्दा थप १५ प्रतिशत छुट दिने जसमा डेबिट कार्डमा अधिकतम ३,००० र क्रेडिट कार्डमा अधिकतम ३,५०० सम्मका छुट प्राप्त गर्न सकिनेछ । यस योजाना कार्तिक २५(नोभेम्बर ११) को दिन शुरु भई २४ घण्टामा समापन हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरी कुल १३६ शाखा, ११० वटा एटिएम र ११ वटा एक्स्टेन्सन काउन्टर संचालित गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्