Logo

पोखरेलको नेतृत्वमा ७ सदस्यीय नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समिति विस्तार



काठमाडौं, १८ कात्तिक । एनआइसी एशिया बैकका कर्णाली प्रदेश प्रमुख राजन प्रसाद पोखरेलको नेतृत्वमा नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समितिको बिस्तार भएको छ ।

कर्णाली प्रदेशमा संचालनमा रहेका विभिन्न बैकमा कार्यरत कर्मचारीहरुको भेलाले नेपाल बैकर्स संघको प्रदेश समिति बिस्तार गर्दै पोखरेलको नेतृत्वमा ७ सदस्यीय प्रदेश समिति विस्तार गरेको हो ।

समितिको प्रदेश उप संयोजकमा ग्लोबल आइएमई बैकका बिष्णु अर्याल, सचिव पदमा सिभिल बैकका अभिजित श्रेष्ठ चयन भएका छन भने प्रदेश समितिको सदस्यमा सेञ्चुरी कर्सियल बैकका धर्म राज श्रेष्ठ, सिटिजनस् इन्टरनेशनल बैंकमा विनय गौतम, कुमारी बैंकका हिमाल मुडभरी, सानिमा बैंकका भोला राजपन्त सर्वसम्मत चयन भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot