Logo

भीम आचार्यको पालामा भएका कतिपय कामको पूनरावलोकन गर्ने मुख्यमन्त्री राईको प्रतिबद्धता



काठमाडौं, १८ कार्तिक । प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र कुमार राईले यसअघिको सरकारले गरेका कामका विषयमा पूनरावालोकन गरिने बताएका छन् । आज (बिहीबार) काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री राईले यसअघिको भीम आचार्य नेतृत्वको सरकारले रित नपुर्याई गरेका कामलाई स्वीकार गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका हुन् ।

उनले रित नपुर्याई गरिएका कामहरुको पूनरावलोकन गरिने बताए । उनले यसअघिको सरकारले कानूनबितपरित र रित नपुर्यार्ए धेरै काम गरेकोले त्यसलाई खारेज गर्ने धारणा राखे ।

उनले आफ्नो कार्यकालमा प्रदेशको नामाङ्करणलाई टुङ्गो लगाउन पहलकदमी र नेतृत्व लिने पनि विश्वास दिलाए । उनले प्रदेशको बजेट अत्यन्तै सानो रहेको र बजेटको आयातनलाई ठूलो बनाउन प्रयास गरिने जानकारी दिए।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्