Logo

काम न काजका गुण्डाहरुले पनि माओवादीलाई सजिलै हेप्न थाले : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले काम न काजका गुण्डाहरुले माओवादीलाई सजिलै हेप्न थालेको बताएका छन् । उनले केपी शर्मा ओलीले नै माओवादीका एजेण्डाहरु उल्टाउने षड्यन्त्र गरेको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) नेपाल सम्वत् प्रवर्तक, राष्ट्रिय विभुति शंखधर साख्वा: को प्रतिमामा माल्यार्पण तथा नेपाल संवत् ११४२ तथा नेपाली चाडपर्वको अवसरमा नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमि नगर कमिटिद्वारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले एमाले र माओवादी केन्द्रबीच भएको एकता गल्ती नभएको जिकिर गरे । उनले पछि नेकपाकालिन समस्यामा संघर्ष गर्दा पनि आफूहरु विजयी भएको स्मरण गराए । उनले प्रतिक्रान्ति कम्युनिष्ट पार्टीबाट नै हुने गरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्