Logo

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै



काठमाडौं, १८ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकपमा क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बंगलादेश र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछन् ।
सुपर १२ को समूह–१ अन्तर्गत बंगालदेश र अष्ट्रेलियाबीचको खेल दुबई अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । खेल जारी छ ।

यस समूहमा लगातार चार खेल जित्दै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने अष्ट्रेलियालाई खेल जित्नैपर्ने दबाब छ । यस्तै, आज हुने दोस्रो खेलमा श्रीलंका र वेस्ट इन्डिज भिड्दैछन् ।

श्रीलंका र वेस्ट इन्डिज समान दुई–दुई अंकसहित चौथो र पाँचौ स्थानमा रहेका छन् । श्रीलंका २ अंक सहित समुह–१ को चौथो स्थानमा रहेको छ भने वेस्ट इन्डिज पनि समान अंकका साथ ५औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्