Logo

‘मलाई न्यायाधीश कार्की र खड्काले मुद्दा हराए’ : पीडित रौनियार (भिडिओसहित)



काठमाडौं, १८ कार्तिक । पीडित लेखीकुमार रौनियारले आफूलाई अदालतबाट अन्याय भएको गुनासो पोखेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
कुराकानीको क्रममा उनले भने–‘म अदालतबाट लुटिएको मान्छे हो । म २९ वर्ष भएको समयमा किनेको जग्गालाई किन भाग दिने ? आफुले किनेको जग्गालाई सगोलको भनेर फैसला आयो । मुद्दा लड्न लागेको १३ वर्ष भयो । मलाई नाबालक भनियो । जिल्ला अदालतमा दाईहरुले मुद्दा हालेका हुन् । जिल्लाले गरेको फैसला पुनरावेदन र सर्वोच्चले सदर गर्यो ।’
बि. सं. २०५७ पुष २४ गते आफैले किनेको जग्गा सगोलमा नभएको मान्छेलाई सगोलमा भनेर फैसला आएको उनको गुनासो छ । उनले भने,‘जिल्लाका न्यायाधीश ऋषिप्रसाद अधिकारीले कुन आधारमा यो जग्गा सगोलको हो भनेर फैसला गर्नुभयो, जुन सगोल होइन् भन्ने प्रमाण छ । सेटिङ गर्ने प्रसन्न दास हो, मेरो विपक्षको वकिल । र, मलाई मुद्दा हराउने न्यायाधीश चाहीँ दिपककुमार कार्की र मिरा खड्का हुन् । ३३ वर्षको मान्छेलाई १२ वर्ष भनियो ।’
न्यायाधीशहरु टंकबहादुर मोक्तान र सुष्मालता माथेमाले गरेको फैसलालाई न्यायाधीश दिपक कुमार कार्की र मिरा खड्काले सदर गरेको उनको भनाई छ। उनले भावुक हुँदै भने–‘दाईहरु मेरो सम्पति खान मार्न आउँछन्, म कहाँ जाने ?’
कुराकानी हेरौं भिडिओमा :
https://youtu.be/m6YIJjYI0R4



प्रतिक्रिया दिनुहोस्