Logo

आज ३ सय ५६ कोरोना संक्रमित थपिए, ५ सय १८ डिस्चार्ज भए



काठमाडौं, १८ कार्तिक । पछिल्लो २४ घण्टामा तीन सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै, ५ सय १८ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एन्टी पिसिआर र एन्टिजेन गरी ६ हजार ३ सय ८४ जनाको परीक्षण गर्दा ३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै, २४ घण्टामा २ जनाको निधन भएको छ । अहिले देशभरि ८ हजार ८ सय ९० जना सक्रिय संक्रमित छन् ।

 



प्रतिक्रिया दिनुहोस्