Logo

चीनले युद्धक विमान डिजाइनर र आणविक वैज्ञानिकलाई किन दियो विज्ञान अवार्ड



एजेन्सी, १८ कात्तिक । चीनले युद्धक विमान डिजाइनर र आणविक वैज्ञानिकलाई विज्ञान अवार्ड दिएको छ । युद्धक जेट डिजाइनर जु सनफेङ र आणविक शक्तिसम्बन्धी वैज्ञानिक वाङ डाजोङलाई बुधबार अवार्ड दिइएको हो ।

ग्लोबल टाइम्सले अवार्ड युद्धक जेट विमान र आणविकसम्बन्धी वैज्ञानिकलाई दिनुले चीनको प्राथमिकतामा त्यस क्षेत्रतर्फ गएको उल्लेख गरेको छ । पछिल्लो समय चीनले सैन्य शक्ति वृद्धिका लागि अधिकतम लगानी गरिरहेको छ । उसले युद्धक विमान, अन्तरीक्षसम्बन्धी सैन्य शक्ति विस्तार देखि आणविक हतियार विकासमा ध्यान बढाइरहेको छ ।

चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा आयोजित समारोहबीच विज्ञान अवार्डको घोषणा गरेका थिए । अवार्ड पाउने जु ९१ वर्षका छन् । वाङ ८६ वर्ष पुगे ।-Photo Source: globaltimes



प्रतिक्रिया दिनुहोस्