Logo

लक्ष्मीपूजामा काठमाडौं यस्तो देखियो (फोटोफिचर)



काठमाडौं, १८ कार्तिक । हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रगंको पूरापूरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरुले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारीएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेलरोटी, अर्सा अनि अर्नसाको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिरझिर गरिरहेको छुरछुरी ९झिरझिरे०, आकाश छुँला जस्तो गरि उज्यालोको फोहोरा छर्ने फूलझरी लगायतका रौनकहरु आजको दिनको विशिष्टता हो ।

आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रब्य, गरगहना अनि श्री(सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरु अर्थात थम्बाहरुलाई वैदिक सनातन हिन्दु संस्करमा अत्यन्त महत्वपूर्णरुपमा लिइन्छ । विशेषगरि विवाह, व्रतवन्ध, पूराण या अन्य शुभकार्यमा अनिवार्यजसो केराका एकजोर खम्बाहरुलाई मुलद्वारमा राख्ने गरिन्छ । यि द्वारहरुबाट बर्षै भरि खुशी अनि उत्साहको प्रवेश होस् । उर्जावान तिहारको उज्यालो शुभकामना १

सुखरात्रि

सुखरात्रि बुझ्नका लागि चार विशेष रात्रिहरु पहिले बुझ्न पर्दछ । सनातन दर्शनमा वर्षभरिमा चार रात्रिहरुलाई महत्व र चन्द्रमानका आधारमा विशेष मानिन्छ ।

यि चार रात्रिहरु वर्षका फरक फरक दिनमा पर्दछन् ।

पहिलो, भदौ महिनामा पर्ने जन्मसँग सम्बधित भगवान् श्रीकृष्णको जन्माअष्टमीको रात हो जस्लाई मोहरात्री पनि भनिन्छ । मोहरात्रिबाट वर्षका चार विशेष रात्रिहरुको शुरुवात हुन्छ ।

दोश्रो, असोज महिनामा पर्दछ । नवरात्रिको अष्टमीको रात अथवा कालरात्री पनि भनिन्छ, यस रात्रि शक्ति र सार्मथ्यका लागि विशेष महत्वपूर्ण रहन्छ ।
तेश्रो, कार्तिक महिनामा पर्ने ऐश्वर्यसँग संबन्धित लक्ष्मीपूजाको रात अथवा सुखरात्री

चौथो, फाल्गुण महिनामा पर्ने मोक्षसँग संबन्धित भगवान् शिवको रात अथवा शिवरात्री । आजचाँही सुखरात्रि, यस वर्षको सुखरात्रिको सबैलाई शुभकामना छ । समाचार स्रोत : हाम्रो पात्रो

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्