Logo

प्रचण्डले भन्नुभन्दा २५ वर्षअघि गणतन्त्रको अभियान थालेका थियौंः ओली



काठमाडौं, १८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्ष अगाडि नै आफूहरुले गणतन्त्रको आन्दोलन थालेको बताएका छन् । आज भक्तपुरमा पुस्तक विमोचनमा बोल्दै उनले गणतन्त्र आफैले ल्याएको जसरी धाक नलगाउन प्रचण्डलाई चेतावनी समेत दिए ।

‘प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्षअगाडि हामीले गणतन्त्रको अभियान थालिसकेका थियौं,’ ओलीले भने, ‘गणतन्त्रको आन्दोलनमा जेल परेको थिएँ, कसैले धाक नलगाए हुन्छ ।’

प्रचण्डले ओलीलाई गणतन्त्रविरोधी भनी पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरिरहेको आरोप लगाएपछि ओलीले पछिल्लो जवाफ दिएका हुन् । प्रचण्डले ओलीमाथि ज्ञानेन्द्र शाहसँग सम्पर्क सूत्रमार्फत् कुराकानी बढाएर गणतन्त्र मास्न खोजेको आरोप लगाएका थिए ।

ओलीले नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भ्याकुम लगाएर एमाले बढार्ने भनी बुधबार टिप्पणी गरेकोमा जवाफ दिदै काँग्रेसको हेक्का राख्न सुझाव दिए । उनले भने, ‘एकजना बाबु घुम्दै यतै भक्तपुर आएछन् । भ्याकुम क्लिनर लिएर आएका उनले एमाले सिध्याउने रे । विचरा सिंगै काँग्रेस कहाँ पुग्यो हेक्का छैन, एमाले भ्याकुम क्लिनरले सिध्याउने सपना देखेका तिनीहरुले ।’-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot