Logo

चीनका पूर्वउपप्रधानमन्त्रीको टेनिस स्टारसँग सेक्स, दूरी अनि पुनः सेक्स प्रस्ताव



एजेन्सी, १८ कात्तिक । चीनमा शक्तिशाली नेताहरुको व्यक्तिगत जीवनका भित्री पाटाहरु सायदै बाहिर आउने गर्छन् । बाहिरी दुनियाँमा नेताहरुको विलासी जीवन सायदै बाहिर आउँछ । सेवामा रहँदा वा नरहँदा पनि उनीहरु सम्म पुग्ने सम्भावना कमजोर हुनेगर्छ । त्यसैले पनि यस्ता तथ्य सायदै खुल्छन् ।

यसपटक एकजना चीनका शक्तिशाली नेताको यौन प्रकरण खुलेको छ । ती नेता हुन् चीनका पूर्व उपप्रधानमन्त्री तथा कम्युनिस्ट पार्टीका सात शक्तिशाली नेतामध्येका एक झाङ गाओली । उनको यौन प्रकरण एकजना पीडितले खुलाएकी छिन् जो टेनिस स्टार हुन् ।

गाओली राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिन्थे । सन् २०१३ देखि २०१८ सम्म उपप्रधानमन्त्री बनेका गाओली कम्युनिस्ट पार्टीबाट सन्यासमा छन् । ७५ वर्षीय गाओली शक्तिमा छँदा गरेको यौन र्दुव्यवहार सन्यासमा बस्दा खुलेको छ ।

गाओलीमाथि चिनियाँ टेनिस स्टार पेङ सुईले सेक्स प्रस्ताव राखेको र र्दुव्यवहार गरेको आरोप लगाएकी छिन् । चिनियाँ सामाजिक सञ्जाल विबोमा उनले सनसनीपूर्ण खुलासा गरेकी हुन् । विबोमा सुईले गरेको पोष्टमा गाओलीले यौन सम्बन्ध राख्न दबाब दिएको उल्लेख गरेकी छिन् । पोष्ट भाइरल भएपछि विबोले सुईलाई खोज्न नसकिने बनाइदिएको छ ।

सुईले लामो पोष्ट गर्दै आफूमाथि भएको र्दुव्यवहारबारे खुलाएकी हुन् । १६०० शब्दको पोष्टले सँसारभर चर्चा कमाएको छ ।

वास्तवमा सुईको झाङसँग १० वर्ष अघि नै यौनसम्पर्क भएको थियो । दुवैबीच भित्री सम्बन्ध रहेपनि बीचमा टुटेको थियो । तर, झाङ फेरि सुईसँग सम्पर्कमा रहन खोजे । उनले टेनिस खेल्ने बहानामा घरमै आए । यौन सम्बन्धको प्रस्ताव राखे । सुईले पोष्टमा लेखेकी छिन्ः किन मसँग फर्केर आयौं । मसँग यौन सम्बन्ध राख्ने हो भने घरमै लगेर दबाबमा राख ।

उक्त घटनापछि सुईले आफू साँच्चै मान्छे हो कि होइन ? भनी प्रश्न गरेको सुनाए । आफू हिडिरहेको लास ठान्ने गरेको लेखेकी छिन् ।

सुईले झाङसँग १० वर्ष अघि नै यौन सम्बन्ध राखेको खुलासा गरेकी छिन् । त्यतिबेला उनी तियानजिनको कम्युनिस्ट पार्टीका प्रमुख थिए । पोलिटब्युरो सदस्य भएपछि झाङले सुईसँग सम्बन्ध टुटाएका थिए ।

तर, झाङ अवकाशमा पुगेको तीन वर्षपछि फेरि सेक्सको प्रस्ताव गरेको खुलाएकी छिन् । त्यसपछि उनी असन्तुष्ट बनिन् । झाङले आफूसँग विवाहोत्तर सम्बन्ध राखेको पनि लेखेकी छिन् ।

टेनिसमा डबलतर्फ विश्व नम्बर एक बनिसकेकी सुईले ७५ वर्षीय झाङसँग सम्बन्ध राखेको खुलाउँदा आफूलाई सम्पर्कविहिन भएर पछि फेरि सेक्स प्रस्ताव राखेको विषयलाई गम्भीरतापूर्वक उठाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्