Logo

टी–२० विश्वकप क्रिकेटः समूह चरणबाट बाहिरियो वेस्ट इण्डिज



काठमाडौं, १९ कात्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इण्डिज समूह चरणबाटै बाहिरिएको छ । सुपर–१२ समूह एक अन्तर्गत गए राति भएको खेलमा श्रीलंकाले साविक विजेता वेस्ट इण्डिजलाई २० रनले हराएको छ ।

आबुधाबीमामा भएको खेलमा श्रीलंकाले दिएको १९० रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सकेको थियो । वेस्ट इण्डिजका सिमरोन हिटम्यानले सर्वाधिक ८१ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन् ।

श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २ र२ तथा दुसमन्था चमिरा र दासुन सनकाले एक÷एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

श्रीलंकाका लागि चरिथ असालांकाले सर्वाधिक ६८ रन तथा पाथुम निसांकाले ५१ रनको अर्धशतकीय पारी खेले । वेस्ट इण्डिजका आन्द्रे रसेलले दुई तथा ड्वायन ब्राभोले एक विकेट लिए । वेस्ट इण्डिजले चार खेलमा एक खेल जितेको छ । एक खेलमा जित र तीन खेलमा पराजित श्रीलंका पनि प्रतियोगिताबाट बाहिरिएको छ ।



प्रतिक्रिया दिनुहोस्