Logo

नेपाल संवतलाई प्रवर्द्धन र प्रयोगमा ल्याउन आवश्यकः उपराष्ट्रपति



काठमाडौं, कार्तिक १९ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवतलाई प्रवर्द्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका छन् ।

नेपाल संवत ११४२ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले आजको दिनले नेपाल संवतको प्रवर्द्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रगतिशील सामाजिक रुपान्तरणमा पु¥याएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले साख्वाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रगतिशील सामाजिक अभियान्ता तथा नेपालका राष्ट्रिय विभूति शङ्खधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्तिबाट गरिब किसान जनतालाई ऋणमुक्त गरी सुरु गरेको नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् रहेको उनले स्मरण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्