Logo

माधव नेपालको टिप्पणी : हेर्दाहेर्दै केपी महल चकनाचुर, अझैपनि फूर्ती उस्तै ? (भिडिओसहित)



काठमाडौं, १९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने भनेर गरेको टिप्पणी हाँस्यास्पद भन्दै चुनावसम्म पर्खन भनेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ओलीले एमालेको नेतृत्वमा फेरि सरकार बन्छ र आफू प्रधानमन्त्री बन्ने भनेर गरेको दाबीलाई भ्रमको संज्ञा दिएका छन् । उनले भने,‘हेर्दाहेर्दै केपी महल चकनाचुर, अझैपनि फुर्ती उस्तै ? सकिएन समय ? दुई तिहाईको बहुमत, त्यत्रो बहुमतको सरकार, २० वर्षसम्म सत्तामा बस्ने सपना, उडायो सपना सबै हुरीले ।’



प्रतिक्रिया दिनुहोस्