Logo

गगनलाई एमाले नेता रिजालको चूनौति : चुनाव घोषणा गरौं र हिम्मत भए ‘सिंगल-सिंगल’ भिडौं



काठमाडौं, १९ कार्तिक । नेकपा (एमाले) का विष्णु रिजालले चुनाव घोषणा गर्न र एमालेसँग सिंगल सिंगल लड्न चूनौति दिएका छन् । सामाजिक सञ्जालमार्फत नेता रिजालले यस्तो बताएका हुन् । एमालेलाई आगामी निर्वाचनमा समाप्त पार्ने भनेर सार्वजनिक खपतको लागि नबोल्न पनि भनेका छन् ।

उनले लेखेका छन्-‘कुनै बेला कांग्रेस सरकारमा हुँदा विमलेन्द्र निधिले ‘देशलाई एमाले-मुक्त बनाउँछौं’ भनेर भाषण गरेका थिए । तर, चुनावमा उनी आफैं मधेशबाट मुक्त भए । अहिले फेरि कांग्रेस सरकारमा हुँदा गगन थापाजीले ‘चुनावमा एमालेलाई कुचो र भ्याकुम लगाएर बढार्छौं’ भनेछन् । अध्यादेश ल्याएर एमाले फुटाउँदा पनि यसलाई हराउन सकिंदैन भन्ने हतासा यसैबाट स्पष्ट हुन्छ । हाम्रो चुनौती छ- चुनाव घोषणा गरौं र हिम्मत छ भने ‘सिंगल-सिंगल’ भिडौं । अन्यथा सार्वजनिक खपतका लागि गरिने यस्ता उत्तेजक भाषणले हामीलाई रौं बराबर फरक पार्दैन भन्ने बुझे हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्