Logo

दिवालीमा दिल्लीमा मात्र १५२ स्थानमा आगलागी



एजेन्सी, १९ कात्तिक । भारतको नयाँ दिल्लीमा दिवालीको साँझ १५२ स्थानमा आगलागी भएको छ । अग्नि नियन्त्रकको कार्यालयमा आगलागीका कारण दिल्लीमा मात्र १५२ स्थानबाट फोन आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसवर्ष दिवालीमा आगलागीको घटनामा भने विगत वर्षको तुलनामा २५ प्रतिशतले कमी आएको जनाइएको छ । दिवालीको साँझ पटाका पट्काउँदा र वत्तीहरु बाल्दा आगलागी हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्