Logo

भालुको आक्रमणबाट गम्भीर घाइते



काठमाडौं, १९ कात्तिक । भालुको आक्रमणमा परी रसुवाका एक पुरुष गम्भीर घाइते भएका छन् । उनलाई बुधबार गोठमा छिरेर भालुले आक्रमण गरेको हो ।

गोसाइकुण्ड गाउँपालिका १ थुमनका निमा दिनडुप तामाङ लाई सोही गाउँपालिका वडा नं २ को मिबु खार्कमा रहेको गोठमा भालुले आक्रमण गरेको थियो । आक्रमणमा परी गम्भीर घाइते उनलाई ग्रीनसिटी अस्पतालमा ल्याएर उपचार भइरहेको छ । घाइते तामाङको टाउकाको समेत शल्यक्रिया गरिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्