Logo

युरोपा लिग : टोटेनहमको जितमा नयाँ प्रशिक्षकको सुखद् सुरुवात



काठमाडौं, १९ कात्तिक । युरोपा लिगको समूह चरणको खेलमा टोटेनहमले डच क्लब भिटेसमाथि जित निकालेको छ । बिहिबार राति भएको समूह ‘जी’को खेलमा टोटेनहमले भिटेसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको १४औं मिनेटमा सन ह्युङ मिनको गोलबाट टोटेनहमले सुरुवाति अग्रता लिएको थियो ।

२२औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर बनाए । यस्तै, खेलको २८ औं मिनेटमा याकुब रासमुसेनले आत्मघाति गोल गरेपछि पहिलो हाफमै खेल ३–० को अवस्थामा पुगेको थियो । तर, त्यसको ४ मिनेट पछि रासमुसेनले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।

लगतै भिटेसका माटुस बिरोले गोल गर्दा खेल रोमान्चक मोडमा पुगेको थियो । तर, भिटेस हारबाट बच्न सकेन । खेलको ५९औं मिनेटमा टोटेनहम १० खेलाडीमा सिमित बनेको थियो । यस्तै, कप्तान ड्यानिल्हो र गोलकिपर मार्कस सुबर्टले रातो कार्ड पाएपछि खेलको ८४ मिनेटसम्म भिटेस समेत ९ खेलाडीमा सिमिति रहेर खेलको अन्त्य गरेको थियो । समूह ‘जी’मा रहेको टोटेनहम फ्रेन्च क्लब रेनिस पछि दोस्रो स्थानमा रहेको छ भने भिटेस ६ अंकसहित तेस्रो स्थानमा छ । एन्टोनियो कोन्टेले टोटेनहमबाट सुखद सुरुवात गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्