Logo

विश्वकपबाट वेस्ट इन्डिज बाहिरियो, ब्राभोले भावुक हुँदै लिए सन्यास



काठमाडौं, १९ कात्तिक । वेस्ट इन्डिजका अलराउन्डर ड्वायन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । बिहीबार राति भएको खेलमा श्रीलंकासँग २० रनको पराजय भोग्दै जारी विश्वकप क्रिकेटबाट वेस्ट इन्डिज बाहिरिएपछि ब्राभोले सन्यासको घोषणा गरेका हुन ।

उनी मैदानबाट बाहिरिँदा निकै भावुक भएका थिए । ३८ वर्षीय ब्राभोले यस अघि नै सन्यास लिएका थिए । तर, सन् २०१९ मा उनि पुनः टिममा फर्किएका थिए । ब्राभो वेस्ट इन्डिजको टिममा निकै महत्वपूर्ण खेलाडीको रुपमा रहेका थिए । उनले अहिलेसम्म ९० टी–ट्वान्टी खेल खेलका छन् ।

समुह १ मा रहेको वेस्ट इन्डिज ४ खेलमा १ मात्र जित निकालेको हो । यससँगै वेस्ट इन्डिजको सेमिफाइनलको यात्रा टुङ्गीएको हो । प्रतियोगिताबाट बाहिरिएपनि वेस्ट इन्डिजले भोली (शनिबार) अन्तिम खेल अष्ट्रेलियासँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्