Logo

एमसीसी पास गर्छु भनेर चिठ्ठी लेखेको छैन् : प्रचण्ड



काठमाडौं, १९ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास गर्छौं भनेर आफूहरुले अमेरिकालाई पत्र नपठाएको स्पष्ट पारेका छन् । दाहालले आफुहरुले एमसीसी पास गर्ने भनेर चिठ्ठी नपठाएको दाबी गरे । कृष्ण कँडेलको नेतृत्वमा देउसी–भैलो खेल्न पुगेको टोलीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रधानमन्त्री शेरबहादुरजीले पनि यो कुरा सच्याउनुभएको छ, उहाँले बोलेपछि हिजो देशभरि तरंग पैदा भएको छ । हामीले राष्ट्रिय सहमति नबनाई यसलाई पारित गर्न सकिँदैन्, त्यसको निम्ति हामीलाई समय चाहिन्छ, हामी छलफल गर्छौं भनेर लेखेको चिठ्ठी हो । यो कुरा प्रष्ट होस् ।’ सांस्कृतिक आन्दोलन आवश्यक रहेको पनि दाहालले बताएका छन् । उनले अनुदानमा दिने कुरा लिँदा सामान्य कुरा भएको उल्लेख गरे ।

उनले अहिले सत्तापक्षीय गठबन्धन राम्रैसँग जाने पनि विश्वास दिलाए । उनले भने,‘यही गठबन्धनले नै चुनाव गराउँछ, चुनावमा पनि हामीसकेसम्म तालमेल गरेर नै जान्छौं ।’ उनले देशलाई अब समृद्धितर्फ लैजाने संकल्प रहेको भन्दै त्यो पूरा नहुँदासम्म लागिराख्ने विश्वास दिलाए । file photo



प्रतिक्रिया दिनुहोस्