Logo

एमसीसीले देउवा-प्रचण्ड द्वन्द्व, गठबन्धन धरापमा



काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच द्वन्द्व देखिएको छ । दुई नेताबीचको द्वन्द्व सतहमा देखिएको हो ।

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे देउवा र प्रचण्डबीच द्वन्द्व खुलेको हो । देउवाले बिहिबार बेलायतबाट स्वदेश फर्किएलगत्तै एमसीसी पास गर्न आफू र प्रचण्डले अमेरिकालाई पत्र पठाएको खुलासा गरेका थिए । यसले राजनीतिवृत्तमा तरंग ल्यायो ।

प्रचण्डले आज एमसीसी पास गर्न पत्र नपठाएको दाबी गरे । उनले पत्र पठाएको स्वीकारेपनि एमसीसी पास गर्न नभई समय माग्न पत्र पठाएको दाबी गरेका हुन् । देउसी खेल्न निवासमा आएका सञ्चारकर्मीसाग कुरा गर्दै प्रचण्डले भने, ‘हामीले त्यस्तो चिठ्ठी पठाएको होइन ।’ यद्यपि उनले राष्ट्रिय सहमति नबनाई एमसीसी पारित गर्न नसकिने भएकाले समय मागेर चिठ्ठी पठाएको बताए ।

सत्ता गठबन्धनभित्र एमसीसी पारित गर्ने या नगर्नेबारे फरक धारणाहरु आइरहँदा प्रचण्डको पछिल्लो भनाई आएको हो । नेपाली काँग्रेस एमसीसी पारित गर्ने पक्षमा छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायत सबैजसो कम्युनिस्ट पार्टीहरु एमसीसीको विपक्षमा छन् । नेकपा एमाले भने विगतमा एमसीसी पारित गर्ने पक्षमा भएपनि अहिले फरक तरिकाले प्रस्तुत हुन थालेको छ ।

एमसीसीकै मुद्दाले गठबन्धनभित्र टकराव बढ्दै गएको छ । यो पछिल्लो समय सतहमा आएको छ । एमसीसीकै मुद्दाले गठबन्धन धरापमा पर्ने अवस्था पनि बनेको छ ।



प्रतिक्रिया दिनुहोस्