Logo

उत्तर कोरियामा भोकमरी, त्रासदीपूर्ण अवस्थाको आँकलन



एजेन्सी, १९ कात्तिक । कम्युनिस्ट राष्ट्र उत्तर कोरियामा भोकमरी बढेको छ । ठण्डी बढ्दै जाँदा भोकमरी पनि बढेपछि त्रासदीपूर्ण अवस्था आउने आँकलन गरिएको छ ।

कतिपय उत्तर कोरियाका नागरिकले दक्षिण कोरियामा रहेका आफन्तलाई भोकमरीले मृत्युहरु भइरहेको जानकारी गराएका छन् । डेली एनकेका सम्पादक लि साङ योङको भनाई उदृत गर्दै बीबीसीले सडक बालबालिकाको मृत्यु बढिरहेको छ ।

उत्तर कोरियामा खाद्य संकट बढेको छ । तल्लो तहमा अध्ययन गर्ने बालबालिका भोकमरीको मारमा परेका छन् ।

यसै पनि उत्तर कोरियामा खाद्य संकट छ । कोरोना भाइरसको महामारीले सीमा बन्द गरिएपछि त्यहाँ खाद्य संकट अझ गहिरिएको हो । चीनसँगको सीमा पनि बन्द छ । त्यसलाई खोल्ने पहल भइरहेको छ ।

संयुक्तराष्ट्रसंघले उत्तर कोरियासँग दुई देखि तीन महिनालाई मात्र पुग्ने खाद्यान्न जोहो रहेको उल्लेख गरेको छ । हिउँद महिनाको मध्यतिर त्रासदीपूर्ण भोकमरीको खतरा औल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्