Logo

साउथ चाइना सीमा दुर्घटनामा परेको अमेरिकी पनडुब्बीका कमाण्डर हटाइए



एजेन्सी, १९ कात्तिक । साउथ चाइना सीमा दुर्घटनामा परेको अमेरिकी पनडुब्बीका कमाण्ड हटाइएका छन् । कमाडर क्यामरन अल्जीलानी र दुई चालक दलका सदस्य हटाइएका हुन् ।

गत महिना युएसएस कनेक्टिकट पनडुब्बी समुन्द्रभित्रको पहाडमा ठोक्किएको थियो । समुन्द्रको पीधबाट उठेको त्यस्तो पहाडमा ठोक्किको पनडुब्बी खतरनाक दुर्घटनाबाट भने जोगिएको थियो । उक्त पनडुब्बीमा आणविक हतियार पनि भएकाले खतरा बढी थियो ।

दुर्घटनापछि पनडुब्बी सतहमा ल्याएर गुआम टापुमा लगिएको थियो । त्यहाँ पनडुब्बीको चेकजाँच गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्